Logo

प्रचण्डलाई ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्न बाबुरामको सुझाव



काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देख भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् । उनको टिप्पणी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित रहेको छ । प्रचण्डले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी नलेखेको भनेर बोलेको कुरामा भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–‘जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ गर्दैन। मुख्य कुरो कुनै पनि बिषय देश र जनताको हितमा छ कि छैन भन्ने हो। यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउॅछ। चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउॅछ!’

एमसीसी पास गर्छु भनेर चिठ्ठी लेखेको छैन् : प्रचण्ड



प्रतिक्रिया दिनुहोस्