Logo

जाभी बार्सिलोनाको प्रशिक्षक बन्दै



एजेन्सी, १९ कात्तिक । बार्सिलोनाको प्रशिक्षकमा जाभी नियुक्त हुने भएका छन् । स्पेनको चर्चित क्लबमा जाभीले प्रशिक्षकको जिम्मेवारी पाउने खुलेको हो । उनी कतारबाट स्पेन फर्किइसकेका छन् ।

बार्सिलोनाबाट खेलेका जाभी त्यहाँबाट कतारी क्लब अल सादको प्रशिक्षक बनेका थिए । उनले बार्सिलोनाबाट ७७९ प्रतिष्पर्धा खेलेर २५ वटा उपाधि दिलाएका थिए ।

जाभी स्पेनको राष्ट्रिय टोलीबाट पनि खेले । उनी खेलेको टोलीले विश्वकप पनि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्