Logo

विक्रम पाण्डे एमाले प्रवेश गर्ने



काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने र जित्नेसमेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् ? भनेर मिति भने खुलाएनन् । पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् ।

उनको व्यवसाय नेपालमा मात्रै नभएर अमेरिकासम्म फैलिएको छ । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनले चितवनमा धेरै विकास गरेको त्यहाँका जनताले बताउने गरेका छन् । यद्धपी पाण्डे स्वयमले भने एमालेमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक रुपमा कतै केही बोलेका छैनन् । file photo

Related Video:



प्रतिक्रिया दिनुहोस्