Logo

ललितपुरमा भाई र धनुषामा दाईले गुर्जोको सेवा गरेपछि.. (फोटोफिचर)



काठमाडौं, १९ कार्तिक । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा आज ललितपुरको पाटन दरवार स्क्वायरमा आयोजित साईकल र्याली कार्यक्रममा उपस्थित् सबैलाई गुर्जोको चिया सेवा गराईएको छ ।

नेपाल सम्बत् ११४२ का अवसरमा पाटन दरवार स्कवायर अगाडि आयोजित साईकल र्याली कार्यक्रममा उपस्थित् सबैलाई गुर्जोको चिया सेवा गरिएको राजलवटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि भने नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा थिए । कार्यक्रममा उपस्थित् उर्जामन्त्री पम्फा भुषाललगायत सबैलाई गुर्जो चिया सेवन गराईएको उनको भनाई छ । उता, धनुषामा पनि आज गुर्जोको चिया सेवा गरिएको उनले बताए ।

धनुषाको लेहरपट्टी नगरपालिका वडा नम्बर ६ मा सहिद शिवचन्द्र मिश्रको सम्झनामा आयोजित कार्यक्रममा उपस्थित पाँच सय भन्दा बढि सहभागीहरूलाई अभियन्ता राजलवटका दाई रमेशबहादुर राजलवटले सेवा गराएका थिए ।

चिया सेवन गरेकाहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए । पछिल्लो समय राजलवटले गुर्जोको उपयोगिताबारे अभियान नै सञ्चालन गर्दै आएका छन् । उनले गुर्जो बहुउपयोगी, बहुगुणकारी र बहुहितकारी रहेको बताउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्