Logo

श्रममन्त्री श्रेष्ठ दोहोरीमा च्याम्पियन : ‘यो कालो कोटैले, मन्त्री भईयो हजुरको भोटैले’ (भिडिओसहित)



काठमाडौं, १९ कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसनले आज देउसी भैलो खेल्न आएका टोलीसँग रमाईलो गरेका छन् । उनले गीतसमेत गाएको सुन्न सकिन्छ । सुरुमै उनले भने यो कालो कोटैले, मन्त्री भईयो हजुरहरुको भोटैले ।

झिमझिम सानु नझिम्क्याउ परेली, भुतुक्कै हुन्छु म बोलको गीतको भाकामा उनले दोहोरीको टुक्का हाल्ने क्रममा यस्तो भनेका हुन् । उनले गाउने क्रममा भने-“मैले अहिले खोल्दैछु रहस्य, मूल फुटाउँछु विकासको अवश्य ।”

गीत गाउने क्रममा उपस्थितिले विकासको आशा गरेर बसेको भनेपछि उनले “कालो बोका कालिका भाक्नेछु, तनहुँ १ को ईज्जत राख्नेछु” भन्दै भाका हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्