Logo

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु



ललितपुर, २० कात्तिक । ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्किएर चार जनाको मृत्यु भएको छ। सिलिन्डर पड्किएर अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति भएको उक्त ग्यास सिलिन्डर विस्फोटबाट स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्