Logo

ओलीले माधव नेपाल र प्रचण्डरुपी ग्यास्ट्रिक हटाईदिनुभयो, एमाले अब निरोगी भयो : बस्नेत (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डरुपी ग्यास्ट्रिक हटाईदिएको टिप्पणी गरेका छन् । प्रचण्ड र माधव नेपाल हटेसँगै एमाले अहिले निरोगी दल बनेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब आफूहरुको पेट गराउनपनि छोडेको पनि सुनाए । उनले माधव नेपाल गएसँगै आफूहरुको सबै रोग समाप्त भएको दाबी गरे ।

चितवनमा प्रचण्ड चुनाव हार्ने महेश बस्नेतको दाबी, विक्रम पाण्डे एमाले प्रवेश गर्दै हुनुहुन्छ : महेश बस्नेत (भिडिओसहित)

उनले अब एमाले सशक्त रुपमा अघि बढ्ने पनि बताए । हिजो ओली सरकारले राम्रो काम गर्दा शीर्ष नेताहरुले राम्रो गरेको भनेर कहीँ कतै नभनेको पनि बस्नेतको गुनासो पोखे । उनले अहिले एमालेको गति तिव्र रुपमा बढेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्