Logo

भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर बाल गोपालेश्वर कि गौरीशंकर ?



काठमाडौं, कार्तिक २० । वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बाल गोपालेश्वर मन्दिर परिसर भाईटीका लगाउन आज खुला गरिएको छ । दिदीबहिनी नहुने दाजुभाइले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। यस वर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि टीका लगाउनेहरुको भिड बढ्न थालेको छ ।

रानीपोखरी मन्दिर परिसर भित्र प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बाल गोपाल, शिवलिंग र हरिशङ्कर गरी तीन मूर्ति छन्।

तीन सय वर्ष पहिले बनेको रानीपोखरीको बीचमा रहेको मन्दिर बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ। तर, हालै फेला परेका नयाँ तथ्यले उक्त मन्दिरको नाम बालगोपालेश्वर नभएको उजागर गरेको छ।

१८७१ साल भदौको लालमोहरअनुसार खडा भएको लगत अनुसार रानीपोखरीको बीचमा गौरीशंकरको मन्दिर छ। उक्त मन्दिरलाई गुठीको लगतमा पनि गौरीशंकरको देवालय भएको उल्लेख छ।

टुँडिखेलको रानीपोखरीबीच गौरीशंकर किलेश्वरका गुठीको लगतमा रानीपोखरीको दक्षिण ढुंगाको हात्ती पछाडि रहेको मन्दिरलाई कोटी लिंगेश्वर देवालय र उत्तर तिरको मन्दिरलाई किलेश्वर देवालय भनी उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot