Logo

हवाइ दुर्घटनामा परि ब्राजिलयन गायिका मेन्डोन्काको निधन



महोत्तरी, कार्तिक २० । ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको हवाइ दुर्घटनामा परि मृत्यु भएको छ । एक कन्सर्टमा जाने क्रममा हवाइ दुर्घटनामा परि उनको मृत्यु भएको हो ।

बीबीसीका अनुसार उनी सवार जहाज ब्राजिलको मिनास गेरिस राज्यमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । यद्यपि दुर्घटनामा उनका आफन्तसहित ४ को मृत्यु भएको बताइएको छ ।

गायिका मेन्डोन्का सन् २०१९ को ल्याटिन ग्रम्मी विजेता हुन्। उनी २६ वर्षकी थिइन् । उनी महिलाहरुको असफल सम्बन्धका बारेमा आवाज उठाउने गायिकाको रुपमा परीचित थिइन् ।



प्रतिक्रिया दिनुहोस्