Logo

यस्तो देखियो रानीपोखरीस्थित् बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटोफिचर)



काठमाडौं, २० कार्तिक । भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाइन्छ । र, यो वर्ष पनि शनिबार बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । दिदीबहिनी तथा दाजुभाई नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला गरिन्छ ।

यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्छ । भूकम्प र कोरोना महामारीका कारण पछिल्लो समय बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको थिएन । यद्यपि, यसपाली भने सर्वसाधारणका लागि खुलाइएको हो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले मन्दिर परिसरमा देखिएको भाईटीका लगानको भीड कैद गरेका छन् ।

हेरौं तस्विर :

 



प्रतिक्रिया दिनुहोस्