Logo

जोसँग कोहिनुर हीरा उसकै विश्वमा राज !



कोहिनूर हिरा विश्वकै अमुल्य धातुमा पर्छ । भाग्यमानीले हिराको प्राप्ती गर्दै आएको देखिन्छ । कोहिनूर हिरा एक सय छ क्यारेटको हिरा हो । यसको रङ सेतो रहेको छ ।  सन् १३०० मा गोलकोण्डा खानीबाट दक्षिणी भारतको काकाटिया राजवशंले पत्ता लगाएका हुन् । हिराको बनावट ७९३ क्यारेटको थियो ।

हिरालाई अमूल्य बनाउन इंगल्याण्डको कन्सोर्ट प्रिन्स अल्वर्टले काट्न लगाएका थिए । यसका बारेमा फरक विश्वास छ ।

करिब पाँच हजार वर्ष पूर्व एतिहासिक कोहिनुर हिरा सूर्य भगवानले पृथ्वीलाई उपहार दिएको धार्मिक विश्वास छ । हीरा सुरुमा भगवान कृष्णको साथमा थियो । त्यसैले उनी सबैभन्दा शक्तिशाली बने । उनी सुतिरहेको बेला उनको शरीरबाट हीरा चोरी भएको विश्वास गरिन्छ।  पौराणीक मान्यता अनुसार जसले हिरा प्राप्त गर्ने व्यक्तिले विश्वमा राज गर्छ ।

मुगलको राजा बाबरसँग सबैभन्दा पहिला प्राप्त गरेका थिए । कोहिनूर प्राप्तिका लागि निकै ठूलो संघर्षहरु भएका थिए । भारतले दावी गरेको छ कि कोहिनूर हिरा बेलायतले भारतमा शासन गरेर छाड्दा लिएर गयो । तर, अहिलेसम्म यो पुष्टि भएको छैन । अनौँठो भएको कारण यो अमूल्य रहेको छ । तत्काल यो बेलायतकी माहारानी एलिजाबेथको ताजमा राखिएको छ । माहारानीको कोहिनूर हिरा जडित ताजको मूल्य १२ अर्ब रहेको जनाइएको छ । तर, यो अमूल्य भएकाले मूल्य अनुमान मात्र हो । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्