Logo

एनआईसी एशिया बैंकको कार्डलेस सुविधा



काठमाडौं, २१ कात्तिक । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार यस सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्नेछ ।

ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने छ । सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot