Logo

सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकियो



काठमाडौं, २१ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा डी भिगोसँग बराबरीमा रोकिएको छ । आईतबार राति भएको रोमान्चक खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग ३–३ गोल अन्तरको बराबरीमा रोकिएको हो ।

सुरुवाती तीन गोलको अग्रतालाई बचाउन नसक्दा बार्सिलोनाले बराबरीमा रोकिन बाध्य भयो । खेलको ५औं मिनेटमा अंशु फातीले गोल गर्दै बार्सिलानालाई सुरुवाति अग्रता दिलाएका थिए ।

यस्तै, १८ओैं मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा मेम्फिस डेपेले गोल गर्दा पहिलो हाफ ३–० को गोल अन्तरमा सकिएको थियो ।

तर, दोस्रो हाफमा सेल्टा डी भिगोले आफ्नो लय समात्दै शानदार प्रदर्शन गर्यो । खेलको ५२औं मिनेटमा लागो अस्पासले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए ।

७४औं मिनेटमा नोलिटोले गोल गर्दै टोलीलाई केहि आसा दिलाएका थिए । यस्तै, खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै अस्पासले टोलीलाई हारबाट जोगाए ।

१७ अंक जोडेको बार्सिलोना ९औं स्थानमा रहेको छ भने सेल्टा डी भिगो १२ अंकका साथ १५औं स्थानमा रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्