Logo

कांग्रेस एमसीसी पारित गर्नुपर्छ भन्नेमा एकमत छ : डा. महत (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बुझेका मान्छेहरु कसैले पनि एमसीसीको विरोध नगरेको स्पष्ट पारेका छन् । अहिले गलत अर्थ लगाएर र राजनीतिक पूर्वाग्रह राखेर एमसीसीको विरोध गरिएको उनको भनाई छ ।

उनले आफ्नो पार्टी एमसीसीलाई लिएर एकमत रहेको पनि जिकिर गरे । उनले एमसीसी राष्ट्रको हितमा रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गलत अर्थ लगाएर प्रचार गरिनु दुःख भएको बताए । एमालेले आफू सरकारको नेतृत्वमा हुँदा एमसीसी पारित गराउन प्रयत्न गरेको पनि महतले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot