Logo

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग



गण्डकी, २१ कात्तिक । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन्। पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् ।

उक्त अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग गर्ने जानकारी दिए । वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले हालसम्म सरकारी सहयोग नपाएको र विभिन्न व्यक्तिको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिए ।

विशेषगरी पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउने बढी मात्रामा आउने गरेको जनाउँदै उनले वृद्धाश्रममा सहयोग गर्ने दाताकै कारण वृद्धाश्रममा केही कुराको कमी नरहेको बताए । सञ्चारकर्मी एमबी आस्थाले अहिले विभिन्न क्लब तथा रेष्टुरेण्टमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र यस्ता फजुल खर्चलाई केही भए पनि सामाजिककार्यमा लगाउन सके पुण्य प्राप्त हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष वोधराज कार्की, उपाध्यक्ष रेशम जिसी, सचिव ललित बानियाँलगायतले समाजसेवामा जुट्न आह्वान गरेका थिए ।

यसैबीच समाजसेवी टीकाकुमारी गुरुङले आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रमलाई १० हजार १०० प्रदान गरेका थिए। उक्त रकम वृद्धाश्रमका अध्यक्ष कार्कीलाई उनका पति मुनेश थापासहित गुरुङले हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्