Logo

फ्रेन्च लिग वानः पीएसजीको कठिन जित



काठमाडौं, २१ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले बर्डिएक्समाथि जित निकालेको छ । शनिबार राति भएको रोमान्चक खेलमा पीएसजीले बर्डिएक्समाथि ३–२ को जित निकालेको हो ।

खेलको २६औं मिनेटमा केलियन एम्बाप्पेको पासमा नेयमारको गोलमा पीएसजीले सुरुवाति अग्रता लिएको थियो ।
यस्तै, ४३औं मिनेटमा एम्बाप्पेकै पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

६३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता तेब्बर बनाए । साथै, खेलको ७८औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दा खेल ३–१को अवस्थामा पुगेको थियो । खेलको इन्जुरी समयमा बर्डिएक्सलाई मबेय नियाङले गोल गरे तर, टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै पीएसजी ३४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने बर्डिएक्स १२ अंक सहित १६औं स्थानमा रहेको छ ।
यस खेलमा पीएसजीका फवार्डर लियोनल मेस्सी चोटको कारण अनुपस्थित रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्