Logo

स्पेनिस ला लिगाः भालेकानोमाथि रियलको जित



काठमाडौं, २१ कात्तिक । स्पेनिस ला लिगामा रियल मड्रिडले रियो भालेकानोमाथि जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले रियो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १४ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाएका थिए । साथै, ३८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
यस्तै, ७६औं मिनेटमा भालेकानोका राडामेल फाल्काओले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याएका थिए ।
रियल २७ अंक सहित शीर्ष स्थानमा रहेको छ भने भालेकानो २० अंक सहित छैटौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्