Logo

अजयले सुर्यवंशीमा गरे सिंघम ३ बन्ने संकेत



एजेन्सी, २१ कात्तिक । बलिउड फिल्म सुर्यवंशीमा अक्षय कुमारले मुख्य भूमिका निभाएका छन् । फिल्ममा अजय देवगन पनि सिंघमको सानो भूमिकामा देखिएका छन् । फिल्ममा, तिनीहरूले भव्य एन्ट्री लिन्छन् र सिम्बा, सिंघम र सूर्यवंशीसँग मिलेर आतंकवादीहरूलाई मार्छन्।

फिल्ममा ज्याकी श्राफ खलनायकको भूमिकामा छन् जसले पाकिस्तानमा बसेर भारतमा विस्फोटको योजना बनाउँछन्। फिल्ममा एउटा दृश्य गजबको छ, जसमा सिंघम अर्थात अजय देवगन ज्याकीसँग फोनमा कुरा गर्छन् । ज्याकीले भन्छन, म तिम्रो देशमा आएर तिमीलाई मारिदिन्छु।

अब रोहित शेट्टीले अब सिंघम ३ बनाउन लागेका छन् । यसअघि उनले सिंघम र सिंघम अगेन बनाइसकेका छन् । सिम्बामा सूर्यवंशी बन्ने सङ्केत दिएपछि उनले सूर्यवंशीमा सिंघम ३ को संकेत दिएका हुन् ।

अजयका फ्यानहरू यो दृश्य देखेर उत्साहित भएका छन् र वर्षौंदेखि अजयलाई फेरि सिंघमको रूपमा हेर्न आतुर छन्।

 



प्रतिक्रिया दिनुहोस्