Logo

राजदूत नियुक्तीमा नारायाणकाजीको असन्तुष्टि, अब बनाउँदा भागबण्डाभन्दा छुट्टै साझा सूचि बनाउनुपर्ने



काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अब राजदूत नियुक्ती गर्दा भागबण्डाभन्दा छुट्टै साझा सूचि बनाउनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले अहिले पाँच दलीय गठबन्धनको बैठक शीर्ष नेताहरुको बैठकमा मात्रै परीणत हुन थालेपछि आफूले बैठकमा कमै मात्र भाग लिन थालेको पनि स्पष्ट पारेका छन् ।

उनले यस्तो लेखेका छन्–

त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरु फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएं ।मेरो धारणा यस्तो थियो र रहेको छ। प्रतिगमनबिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो। अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शिर्षस्थ नेताहरुको गठबन्धनजस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु । शिर्षस्थ नेताहरुले यो कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो । अव छिट्टै राजदुतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला । यद्यपि प्रम ले ३ जनाको नियुक्ति गरिसक्नुभयो।अव बाँकी राजदुतहरु नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ,कम्तिमा पनि केही सँख्या पार्टीहरुको भागबण्डा भन्दा छुट्टै साझा सुची बनाऔं ।



प्रतिक्रिया दिनुहोस्