Logo

अफगानिस्तानको भरमा भारत, कस्ले मार्ला बाजी ?



काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् ।
आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण रहेको छ ।

आजको खेलमा न्यूजिल्यान्डले जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने भारतको सेमिफाइनलको यात्रा टुङ्गिने छ ।

तर, अफगानिस्तानले जित हात पारे, न्यूजिल्यान्ड, अफगानिस्तान र भारत तिनै टोलीलाई सेमिफाइनलको लागि खेल्न पाउने मौका मिल्नेछ ।
समूह २ बाट लगातार ४ जित हात पार्दै पाकिस्तान यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

सुपर १२ को समूह २ मा रहेका अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेल सेख जायद स्टेडियममा ३ः४५ बजे सुरु हुनेछ ।

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ भने न्यूजिल्यान्ड ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यस्तै, ४ खेलमा २ जित र २ हार ब्यहोरेको भारत ४ अंक सहित तेस्रो स्थानमा रहेको छ । ४ अंक जोडेको अफगानिस्तान चौंथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्