Logo

इराकी प्रधानमन्त्रीको हत्या प्रयास विफल



एजेन्सी, २१ कात्तिक । इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको हत्या प्रयास भएको छ । आइतबार उनीमाथि ड्रोन हमला भएको हो ।

इराकी सैनिकको भनाई उदृत गर्दै अन्तराट्रिय समाचार संस्थाले ड्रोन हमलाबारे उल्लेख गरेका छन् । अल कदिमीले ट्वीटरमा आफू ठिक अवस्थामा रहेको जानकारी दिएका छन् ।

इराकी सैनिकले कदिमी सामान्य नै रहेको उल्लेख गरेको हो । आक्रमणको बखत करिमी सेनाको फौजको अवलोकन गरेर मात्र फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्