Logo

बोर्ड परीक्षाबाट बच्न आफ्नै भाईको अपहरण



एजेन्सी । अन्तिम परीक्षा नजिक आएपछि प्रायः विद्यार्थीहरु तयारीमा जुटेका हुन्छन् । तर, कसैले भने परीक्षाबाट बच्नको लागि अनेक वहाना बनाउँछन् । एक छात्रले बोर्ड परीक्षा दिनबाट बच्नको लागि सबै हद पार गरेका छन् ।

घटना भारतको मध्य प्रदेशको हो । मुरेना जिल्लाको तुदिला गाउँमा एक किशोरले कक्षा १२ को बोर्ड परीक्षाबाट बच्नको लागि ३ वर्षका काकाको छोरा भाईको अपहरण गरेका छन् । उनले भाईलाई अपहरण गरेर खेतमा लगेर फालिदिएका थिए ।

किशोरले बोर्ड परीक्षा दिन नपरोस् भनेर त्यस्तो हर्कत गरेको बताइएको छ । उनले बच्चालाई डोरीले बाँधेर एउटा खेतमा फालिदिएका थिए ।

धेरै बेरपछि बच्चाको आमाले छोरा नदेखेपछि प्रहरीकोमा खबर गर्न पुगिन् र प्रहरीले तुरन्त खोजतलास सुरु गर्यो । खोजीको क्रममा प्रहरीले समयमै एउटा पत्र फेला पार्यो जसमा लेखिएको थियो, ‘बच्चालाई केही विशेष स्थानमा खोज्न जानुहोस् ।’ सोही पत्रअनुसार खोज्दै जाँदा बालक भेटिएको प्रहरीको भनाई छ ।

बालक भेटिएपछि आरोपित विद्यार्थीले आफु बोर्डको परीक्षामा सहभागी नहुन चाहेको हुनाले यस्तो हर्कत गरेको प्रहरीसँग स्वीकार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्