Logo

विश्वकप क्रिकेटमा दुई खेलः पहिलो खेलमा सबैको नजर, दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड भिड्दै



काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् ।

सुपर १२ को समूह २ मा रहेका अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेल सेख जायद स्टेडियममा ३ः४५ बजे सुरु हुनेछ ।
आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण रहेको छ ।

आजको खेलमा न्यूजिल्यान्डले जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने भारतको सेमिफाइनलको यात्रा टुङ्गिने छ ।
तर, अफगानिस्तानले जित हात पारे, न्यूजिल्यान्ड, अफगानिस्तान र भारत तिनै टोलीलाई सेमिफाइनलको लागि खेल्ने पाउने मौका मिल्नेछ ।

यस्तै, आज नै हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । सारजाय क्रिकेट स्टेडियममा हुने यस खेल राति ७ः४५ बजे सुरु हुँनेछ ।

समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहदै सेमिफाइनलको यात्रा सुरक्षित गरिसकेको छ भने अंक बिहिन रहेको स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।
स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै विश्वकप क्रिकेटमा सुखद अन्त्य गर्न चाहन्छ । तर, पाकिस्तानलाई जित्न स्कटल्यान्डलाई सहज भने हुनेछैन् ।



प्रतिक्रिया दिनुहोस्