Logo

हामी सरकारमा हुँदापनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो : ओली



काठमाडौं, २१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु सरकारमा हुँदापनि अदालतलाई आफूहरुविरुद्ध प्रयोग गरिएको टिप्पणी गरेका छन् । एमाले कर्णाली(काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी सरकारमा हुँदापनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो । राज्यको हार्डवेयर जुन छ, सेना प्रयोग हुन पाएन, पुलिस प्रयोग भएन, अदालत प्रयोग गर्दाखेरि पुग्ने भएको हुनाले, प्रधानमन्त्री छुट्टी, अर्को एउटा प्रधानमन्त्री जडान गरिदियो । यो चाहीँ राज्य सत्ताको संरचनाको पाटो, अर्को चाहीँ आईडियाको पाटो हो । त्यसमार्फत कन्ट्रोल गर्न सोझै कानूको मात्रै पनि प्रयोग हुँदैन्, सेना, प्रहरी, हिरातसको हिसाबले मात्रै ठूलो समूदायलाई सधैंभरि नियन्त्रित गर्न सकिँदैन् । एमाले सरकारका बेला विकास र एमालेविरुद्ध प्रचार हमाल जुन देख्यौं, त्यो हामीले चिर्नुपर्छ ।’

उनले आफ्नो पार्टी एमाले नभएको भए अस्ति नै नेपालमा ०१७ साल आउने थियो भन्ने टिप्पणी गरे । उनले भने,‘संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती गर्यो भने च्यात्न कतिपनि समय लाग्दैन् । यस्ता प्रतिगामी परमादेशहरु अनेक आउन सक्छ्न । हामी सरकार छोड्न तयार छौं । तर, संविधान च्यात्न दिँदैनौं । हामी लोकतन्त्र छोड्न तयार छैनौं ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्