Logo

सुनाखरी जसको सेक्स अपिलमा कीराहरू ज्यान फाल्छन्



चरामा भँगेरोजस्तै वनस्पतिमा सुनाखरी सबैभन्दा सेक्सी मानिन्छन् । अर्किड परिवारका अत्यन्तै रंगीविरंगी तथा वासनायुक्त फूलहरूले कीराहरूलाई कामुक बासना छाडेर सेक्स अपिल गरिरहन्छन् । त्यसमा लट्ट भई यौन उत्तेजनामा आएका बारुला, अरिंगाल र भँमरा सुनाखरी फूललाई पोथी ठानेर सम्भोग नै गर्छन् ।
पटक्कै नओइलाउने र नखुइलिने वानस्पतिक गुण बोकेको सेक्सी यो फूल औषधीजन्य वनस्पति हो । च्यवनप्रासमा समेत सुनाखरी मिसाइएको हुन्छ । ज्वरो आउँदा, दमखोकी र घाँटी सुख्खा हुँदा मात्र होइन, क्यान्सर, ग्यास्ट्राइटिस, सुन्निएको, एन्टी ब्याक्टेरियल आदि समस्यामा पनि यसलाई औषधीका रूपमा प्रयोग गरिँदै आइएको छ ।

आयुर्वेदमा यसलाई यौनवर्द्धक औषधीका रुपमा चर्चा गरिएको छ । त्यसै कारण विश्वभरि नै यसको तस्करी समेत हुँदै आएको छ । गुलाबी र सेतो सुनाखरी प्रिय उपहार मानिन्छन् । नेपालमा पाइने सुनाखरीका ४४ जाति र १०० भन्दा बढी प्रजाति औषधीय गुणयुक्त रहेको केशवराज राजभण्डारीकृत पुस्तक ‘अ ह्यान्डबुक अफ द अर्किड्स अफ नेपाल’ मा उल्लेख छ । नेपालमा यसका ५०७ प्रजाति सूचीकृत छन् । file photo



प्रतिक्रिया दिनुहोस्