Logo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते



काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २८ गते आइतबार बस्ने भएको छ । बैठक कात्तिक २८ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने भएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमार्फत केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्