Logo

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै



काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् ।

आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ ।

साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ ।

आजको हुने अर्को खेलमा १४औं स्थानमा रहेको वाटफर्ड आफु भन्दा सात स्थान माथि रहेको आर्सनलसँग भिड्दैछ ।यी तिन खेल ७ः४५ बजे एकसाथ हुँदैछ ।

यस्तै, राति १०ः१५ बजे हुने अर्को खेलमा वेस्ट ह्याम र लिभरपुल भिड्दैछन् ।

तेस्रो स्थानमा रहेको लिभरपुलले २२ अंक जोडेको छ भने वेस्ट ह्याम चौथो स्थानमा रहेको छ । २० अंक जोडेको वेस्ट ह्याम १० खेलमा ६ जित २ हार र २ बराबरी खेलेको छ ।

लिभरपुल १० खेल खेल्दा अहिलेसम्म हार ब्यहोरेको छैन् । लिभरपुल र वेस्ट ह्याम बिचको खेल लण्डन स्टेडियममा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot