Logo

केपी ओलीको गफ सुन्यो भने मान्छे पागल हुन्छ : रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले एमसीसीबारे गठबन्धनमा एकमत रहेको र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । अहिले प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले सबै देशसँग समान सम्बन्ध राख्ने नीति लिएकोले एमसीसीबारे अब गठबन्धनको बैठकमा छलफल गरिने बताएका हुन् । उनले एमसीसीको म्याद केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा नै सकिएको स्मरण गराए । उनले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा भताभुंग नहुने जिकिर गरे ।

उनले ओलीको गफ सुन्यो भने मान्छे पागल हुने पनि टिप्पणी गरे । उनले आफ्नो पार्टीका अध्यक्ष ओलीले लगाएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । प्रचण्डले १७ हजार मान्छे मारेको भनेर ओलीले आरोप लगाउनु बेतुकको आरोप भएको उनको भनाई छ । उनले ओलीले अनेक प्रकारका गलत काम गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्