Logo

कांग्रेस प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैन् : मीन विश्वकर्मा



काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीशलाई हटाउनेगरि पाँच दलीय सत्तारुढ गठबन्धनमा कुनै छलफल नै नभएको पनि बताए ।

उनले अदालतभित्रको विवाद अदालत आँफैले समाधान गर्नुपर्ने पक्षमा आफूहरु रहेको सुनाए । प्रधानमन्त्रीलाई हटाउनुपर्छ भनेर कांग्रेसमा छलफल नै नभएको पनि उनले सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने पक्षमा नरहेको विश्वकर्माको भनाई छ ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन गरिरहेको छ । भोलिबाट झनै सशक्त आन्दोलन गर्ने बारको तयारी छ । उता, प्रधानन्यायाधीश जबरा पनि आन्तरिक छलफलमा जुटेका छन् । अदालतमा जारी गतिरोध हटाउनेगरि प्रधानन्यायाधीश जबराले परामर्श थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot