Logo

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश



काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले ८ विकेट गुमाउँदै १२४ रनको लक्ष्य दिएको थियो ।

न्युजिल्यान्डले भने ११ बल बाँकी हुँदै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४० रन र डेभोन कोनवेले ३६ रन बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्