Logo

छापा मार्न गएका प्रहरीलाई जुवाडेले पोलमा बाँधेर पिटेपछि…



भारत, कार्तिक २२ । बिहारको मोतिहारीमा तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर पिटेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको समूह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन्।

सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ। कुटिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन्। गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ पुगेको थियो। तर, त्यहाँ ती व्यक्तिहरु रक्सी खाएर जुवा खेलिरहेका थिए। तिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ ।ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ।



प्रतिक्रिया दिनुहोस्