Logo

२० महिनापछि विदेशीलाई अमेरिका प्रवेश खुला



काठमाडौं, कार्तिक २२ । अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ ।

अमेरिकामा कोरोना संक्रमण व्यापक रुपमा बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरु सहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका थिए । लामो समयपछि सीमा नाका खुलेकाले पर्यटकको बाढी लाग्ने भन्दै ट्राभल एजेन्सी र एयर लायन्सहरुले खुसियाली मनाएका छन् ।

पूर्ण खोप लगाएकाहरुलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ । चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चीनिया नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध विस्तार गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्