Logo

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै



काठमाडौं, कार्तिक २२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। विराटनगरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् ।

करिव पाँच हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुने उक्त चियापान कार्यक्रममा प्रदेश र केन्द्रका नेताहरूकोसमेत उपस्थिति रहने छ । आली चियापान काक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम रहेको छ । विराटनगरमा ओलीले कार्यकर्ता भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्