Logo

टोटनहम एभर्टनसँग बराबरीमा रोकियो



काठमाडौं, २२ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहम एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा टोटनहमले गोलका लागि प्रयासरत रहेपनि गोल गर्न भने सकेन ।

नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पिहिलो प्रिमियर लिगमा टोटनहम गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

खेल अबधि भर एभर्टनको प्रदर्शन पनि राम्रो रहेको थियो । तर, दुबै टोली गोल गर्न भने सकिरहेका थिएनन् ।

टोटेनहम १६ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।

यस्तै, एभर्टन १५ अंक सहित तालिकको ११ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्