काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको हो ।
९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको उक्त ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । बैंकले ९१ दिने ट्रेजरी आगामी माघ २५ गते र १८३ दिने ट्रेजरी बैशाख २७ गते परिपक्व हुने जनाएको छ । यसअघि नै बैंकले कात्तिक १५ गते १ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
अनलाइनमार्फत बोलकबोल हुने ऋणपत्र आज २ बजेसम्म खुल्ने जनाइएको छ ।




प्रतिक्रिया