Logo

बाबुराम दम्पत्ति संगठन सुदृढीकरणको लागि गोरखा जानुअघि नाती युगिनसँग



काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका लागि आज गृहजिल्ला गोरखातर्फ लागेका छन् । पछिल्लो समय भट्टराईले सुज कार्यक्रमलाई तिव्रता दिँदै देश दौडाहमा निस्किएका छन् ।

गोरखामा भने भट्टराईले यही कात्तिक २२ देखि मंसीर ३ सम्म सुज अभियान कार्यक्रमको तालिका बनाएका छन् । जसपा जिल्ला कार्यसमिति, गोरखाका अनुसार संगठन सुदृढीकरण कार्यक्रम गोरखाको सबै गाउँपालिका र नगरपालिकामा सञ्चालन हुनेछ। अध्यक्ष भट्टराईले गोरखा प्रस्थान गर्नुअघि नाती युगिनसँग विदाई भन्दै तस्विरसमेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्