Logo

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले दोस्रो चरणको आन्दोलन गर्ने



काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । बारले आइतबार विभिन्न इकाइसँग सुझाव माग गरेकोमा आज सोही विययमा भर्चुअल छलफल हुँदैछ । इकाइबाट आउने सुझावअनुसार बारले आन्दोलन अगाडी बढाउने जनाइएको छ ।

बार एसोसियशनले सर्वोेच्च अदालतमा ४ दिनसम्म कालो पट्टी हातमा बाँधेर विरोधमा उत्रिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा नभएसम्म यसअघिका कार्यक्रमलाई भने निरन्तरता दिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्