Logo

अध्यक्ष ओलीको बचाउमा उत्रिए सूर्य थापा, युद्धकालमा गरिएका ज्यादती त नेपाली समाजले बिर्सन सक्दैन



काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले युद्धकालमा युद्धकालमा शिक्षक, विद्यार्थी र विद्यालयहरुलक्षित गरिएका ज्यादति नेपाली समाजले बिर्सन नसक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले द्धन्द्धकालमा बाबुराम भट्टराईकी छोरी मानुषी यमीले बेलायत पढेको र महिनाको पाँच लाख रुपैयाँ के कमाईबाट तिरेको भनेर अभिव्यक्ति दिएपछि नेपाली राजनीति तरंगित बनेको छ ।

स्वयम बाबुराम र मानुषीले पनि ओलीको अभिव्यक्तिलाई हावादारी र उडन्ते गफको संज्ञा दिएका छन् । यता, एमाले युवा नेता थापाले भने तथ्य स्वयम बोल्छ भन्दै मानुषीले कहाँ कहाँ पढ्नि भनेर तथ्य सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्-

थ्य स्वयं बाेल्छ-

जनताका छाेराछाेरीकाे काँधमा जनयुद्धको भारी र बन्दुक;
आफ्नी प्यारी छाेरीचाहिँ बेलायत, देहरादुन, दार्जिलिङ र नयाँदिल्लीका महंगा स्कुलमा ?
केपी शर्मा ओलीले सतथ्य नै बाेल्नुभएकाे छ :
‘मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्।
आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्। उनले कक्षा ५ काठमाडौंमै पढिन्।
मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्।’
copied (साेसल मिडियामै भेटिएको)
पुनश्च: प्रश्न मानुषिप्रति हुँदै हाेइन, डा.बाबुराम भट्टराईप्रति हाे। युद्धकालमा शिक्षक, विध्यार्थी र विध्यालयहरूलक्षित गरिएका ज्यादति त नेपाली समाजले बिर्सन सक्दैन। अझ यिनैले अरूलाई उपदेश दिएकाे र पानी माथिकाे ओभानो बनेकाे पाे मिलेन !



प्रतिक्रिया दिनुहोस्