Logo

आडवाणीको जन्मदिनमा मोदी निवासमै पुगेपछि… (भिडियोसहित)



एजेन्सी, २२ कात्तिक । भारतीय जनता पार्टीका संस्थापक नेता लालकृष्ण आडवाणी ९४ वर्ष पूरा भएका छन् । उनको जन्मदिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निवासमै पुगे ।

फूलको गुच्छा लिएर मोदी आडवाणीलाई भेट्न पुगेका थिए । आडवाणीको हात समात्दै उनी बढेका थिए । आडवाणीलाई शुभकामना दिन रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डालगायत वरिष्ठ अधिकारीहरु पुगेका थिए ।

आडवाणीले मोदीको उपस्थितिमा केक काटे । ९४ वर्ष कट्दा पनि आडवाणी जोसिला देखिन्थे ।

भारतका पूर्व उपप्रधानमन्त्री आडवाणीलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रुपमा पनि हेरिएको थियो । मोदीको उदयसँगै आडवाणी राजनीतिबाट निस्कृय हुँदै गएका थिए ।



प्रतिक्रिया दिनुहोस्