Logo

न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ, चुनावमा एक्लै लड्नुपर्छ : गगन थापा (भिडिओसहित)



काठमाडौं, २२ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । आज (सोमबार) सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिष्पार्ध गर्नुपर्नेमा पनि जोड द्यिए ।

उनले भने,‘पार्टीको १४औं महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्न्पर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैलेसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन । विगतमा हामीले एक/दुई ठाउँमा योभन्दा पहिले गठबन्धनको प्रयास गर्यौं, तर त्यो सफल भएन । अब कांग्रेस पहिलो पार्टी बन्नेछ । हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’

थापाले अदालतमा अहिले ठूलो दंगा/फसाद परिरहेको टिप्पणी गरे । उनले भने,‘कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालनको विरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छ । चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा, काठमाडौंमा हाम्रो मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्