Logo

सुखद अन्त्यको आशामा भाारत र नामिविया भिड्दै



काठमाडौं, २२ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) एक खेल मात्र हुँदैछ ।

आज प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबिच प्रतिस्पर्धा हुन लागेको हो ।
सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबिचको खेल दुबई अन्तराष्ट्रिय स्टेडियममा राती ७ः४५ मा सुरु हुनेछ ।

भारत र नामिवियाले जारी विश्वकपमा आज अन्तिम खेल खेल्दैछन् । आजको यस खेल औपचारिकताको रुपमा मात्र हेरिएको छ ।

४ खेलमा २ जित र २ हार ब्यहोरेको भारत हिजो भएको अफ्गानिस्तान र न्यूजिल्यान्ड बिचको खेलमा भर परेको थियो । हिजोको खेलमा न्यूजिल्यान्डले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेपछि भारतको विश्वकप यात्रा टुङ्गिएको हो ।

यस्तै, नामिविया पनि ४ खेलमा १ मात्र जित निकालेको छ ।

त्यसैले आजको खेलमा दुबै टोली जित हात पार्दै सुखद अन्त्य गर्न चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्