Logo

‘उच्चस्तरीय समन्वय समिति बनाउने’ गठबन्धनको तयारी, नेतृत्व रोटेशनमा



काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनले सरकार सञ्चालनको लागि समन्वय गर्नको लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ । आज साँझ बस्ने गठबन्धनको बैठकमा समिति गठन गरिनेबारे छलफल हुने कांग्रेस नेता रमेश लेखकले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनकाअनुसार समितिको नेतृत्व भने पाँचै दलबाट रोटेशनमा गरिनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन हुनेबित्तिकै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनुपर्ने माग गर्दै आएका थिए ।

प्रचण्डको उक्त मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक थिए । पछिल्लो समय गठबन्धनका शीर्ष नेताहरुबीच भएको अनौपचारिक छलफलमा समेत समिति गठन गर्नेबारे भद्र सहमति भएको थियो । समितिमा प्रत्येक दलबाट तीन/तीन जना सदस्य रहनेछन् । file photo



प्रतिक्रिया दिनुहोस्