काठमाडौं, २२ कात्तिक । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । सोमबार (आज) शेयर बजारमा १९ दशमलव २० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ७१ अंकले घटेर ५२८ दशमलव ३७ विन्दुमा रोकिएको छ ।
सोमबार २३० कम्पनीको ४९ हजार ५३० पटक कारोबार भएर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३ सय ९६ कित्ता शेयर खरिद बिक्रि भएको हो ।




प्रतिक्रिया