Logo

आज कोरोनाबाट ५ जनाको मृत्यु, कुल मृत्तकको संख्या कति पुग्यो ?



काठमाडौं, २२ कात्तिक । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको छ ।

आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्