Logo

नेपालमा कोरोना निको हुने दर ९७ प्रतिशत



काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । यो निकोहुने दर ९७ दशमलव ७ प्रतिशत हो । त्यसैगरी, देशभर ७ हजार ६ सय ५४ जना कोरोना संक्रमित उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज पिसीआर विधिबाट ३ सय ७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा आज थप ५ जनाको मृत्यु भएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस्