Logo

जीप दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो, चालक भने फरार



सल्यान, २२ कात्तिक । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप बबई गाउँपालिकामा दुघर्टना हुँदा गम्भिर घाइते भएका एक जनालाई काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

भे १ ज ५२२ नम्बरको जीप सल्यानको कालीमाटीदेखि तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो । जीपका चालक भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने उपचारको लागि शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

घटना कसरी भयो त्यसको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुँदा जीपको मालिक देवबहादुर सुनारको मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot