Logo

पैसा धेरै पाइने आइपिएललाई खेलाडीले प्राथमिकतामा राख्दा भारतीय टोली हारेको कपिलदेवको आरोप



एजेन्सी, २२ कात्तिक । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा उपाधिको दाबेदारमध्येको भारत सेमिफाइनलमा समेत पुग्न सकेन । समूह चरणमा भारत दुई खेल हारेकाले बाहिरियो । क्रिकेटलाई निकै महत्व दिने भारतीयहरु टोली समूह चरणबाट बाहिरिएपछि आक्रोशित भएका छन् ।

पाकिस्तानसँग पहिलो खेलमै पराजित भएपछि भारतभित्र टोलीको निकै आलोचना भएको छ । विभिन्न क्रिया प्रतिक्रिया आइरहेका छन् ।

भारतका क्रिकेटका पूर्व कप्तान कपिलदेवले हारको समिक्षा गरेका छन् । पैसा धेरै कमाइने इन्डियन प्रिमियर लिग क्रिकेटमा खेलाडीहरुले बढी ध्यान दिएको र राष्ट्रका लागि खेल्नुपर्ने दायित्वलाई कम महत्व दिएको आरोप लगाएका छन् ।

‘जब खेलाडीहरुले देशका लागि खेल्नुपर्नेभन्दा आइपिएललाई प्राथमिकतामा राख्छन्, तब हामी के भन्ने ?’ उनले हरेक खेलाडीले देशका लागि खेल्दा गर्व महशुश गर्नुपर्ने बताए ।

कपिलदेवले राष्ट्रिय टिमले देशलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । आइतबार अफगानिस्तानमाथि न्युजिल्यान्डले जित हासिल गरेपछि भारतको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस्