Logo

अवरुद्ध न्यायालय भोलिबाट सुचारु हुने



काठमाडौं, २२ कार्तिक । लामो समयदेखि अवरुद्ध रहेको न्यायालय भोलिबाट सुचारु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लामो समयसम्म न्यायालयलाई यसरी बन्धक बनाउन नहुने भन्दै भोलिबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने तयारी थालेका छन् ।

उनलाई आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्येबाट बहुमतले साथ दिएको बुझिएको छ । यो बीचमा प्रधानन्यायाधीश जबराले आफ्नै राजीनामा माग्ने न्यायाधीशहरुसँग वार्ता समेत गरेका थिए ।

आजसम्म बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दाको सुनुवाई भएको थियो । तर, भोलिबाट भने सबै प्रकृतिका मुद्दा सुनुवाई गर्ने तयारी भएको छ । उता, नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्