Logo

बालुवाटारमा गठबन्धनको बैठक सुरु, शीर्ष नेता पुगे (फोटोफिचर)



काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकका लागि शीर्ष नेताहरु बालुवाटार प्रवेश गरिसकेका छन् ।

अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरु बालुवाटार प्रवेश गरिसकेका छन् ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै, सरकार सञ्चालनको लागि उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरिने पनि तयारी छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्