Logo

वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत



काठमाडौं, २२ कार्तिक । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा ९एमाले० को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ । नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।

यसैगरी, राप्रपाका सांसदहरू अनुपस्थित रहेका थिए । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त भएका हुन् । वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभाका सदस्यहरू छन् । आजको बैठकमा जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थित थिए । fil e photo



प्रतिक्रिया दिनुहोस्